सलमानको ‘भारत’ मा उनकी एक्स गर्लफ्रेन्डको पनि खास भुमिका

सलमान खानको अधिक चर्चामा रहेको फिल्म ‘भारत’ मा सलमान खानकी एक्स गर्लफ्रेन्ड कटरीना कैफको पनि विशेष भुमिका रहने बताइएको छ । यस्तो पहिलोपटक हुदैछ, जहाँ कटरीना कैफ र प्रियंका चोपडा एउटै फिल्ममा एकसाथ देखिदैछन् । यसको पुरै क्रेडिट सलमान खानलाई जान्छ ।

प्रियंका चोपडन र दिशा पटानी फिल्ममा रहेको सबैलाई थाहा भइसकेको थियो तर कटरीना पनि फिल्ममा सरप्राइजका रुपमा देखिने भएकी छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्ममा उनी कसरी र कुन भुमिकामा इन्ट्री गर्छिन् भन्ने कन्फर्म छैन तर ‘भारत’ मा उनको महत्वपूर्ण भुमिका रहेको छ ।

उनी सलमान खानको अपोजिटमा हुनसक्ने बताइएको छ । उनको भुमिका प्रियंकाको जत्रो ठूलो नभएपनि महत्वपूर्ण हुनसक्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सलमानको ‘भारत’ मा उनकी एक्स गर्लफ्रेन्डको पनि खास भुमिका"

Leave a comment