अब बिरूवा राेपे पैसा पाइने

सल्यान, २५ असार । शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ । नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा गरे ।

नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिए । नगरपालिकाले नगरमा आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीबुटीका २४ हजार बिरुवा वितरण गरेको छ । रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अब बिरूवा राेपे पैसा पाइने"

Leave a comment