विश्वकप फुटबलमा आफ्नो देशको जर्सी लगाएर राष्ट्रपति नै आम दर्शक ! (भिडियो)

एजेन्सी । आफ्नो देशको टीमले प्रतियोगिता जित्दा राष्ट्रका प्रधानमन्त्री राष्ट्रपतिले खेलाडीलाई हौंसला बढाउने गर्दछन् । उनीहरुलाई लाखौं रुपैयाँ इनामको ब्यवस्था गरिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर आउँदा त उसको भब्य स्वागत हुन्छ । तर यहाँ देशका राष्ट्रपति नै आम दर्शक जसरी जर्सी नै लगाएर दर्शक दीर्घाबाट खेल हेरेका छन् । 

विश्वकपको दाबेदार राष्ट्र क्रोएसियाकी प्रथम महिला राष्ट्रपति कोलिँदा ग्रेबर कित्रोविकले आफ्नो टीमको समर्थनका लागि राजधानी क्रोएसियाको जगारेबबाट रुसको सोचीसम्म यात्रा इकोनोमी क्लासको टिकट काटेर आएकी थिइन् । उनले यात्राका क्रममा सबै यात्रुहरुसँग कुराकानी गर्दै सेल्फी पनि लिएकी थिइन ।

क्वाटर फाइनलमा क्रोएसियाको रुससँग प्रतिष्पर्धा थियो । राष्ट्रपति कोलिन्दा खेल भईरहेको स्टेडियममा आइन् र आफ्नो टीमको जर्सी लगाएर विशिष्ट पाहुनाहरु बस्ने भन्दा भिन्नै आम दर्शकहरुसँग गएर खेल हेर्दै हुटिङ गरिन् । क्रोएसिया उक्त म्याचमा पेनाल्टी सुटआउटमा जितेर सेमीफाइनलमा पुग्न सफल भयो ।

जित पश्चात क्रोएसियाकी राष्ट्रपति खेलाडीहरुको ड्रेसिङ रुममा गइन् र खेलाडीहरुलाई अंकमाल गर्दै बधाई दिइन् । उनले खेलाडीहरुलाई फाइनलमा पुग्न शुभकामना पनि दिइन् । र उनले फाइनलमा आफू पनि आउन कोशिस गर्ने बताइन् । उनले सो अवसरमा म हरेक क्रोएसियाली फुटबल प्रेमी जस्तै हुँ र आफ्नो देशको टोलीको औधी प्रेम गर्दछु भन्ने बताउनु चाहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्वकप फुटबलमा आफ्नो देशको जर्सी लगाएर राष्ट्रपति नै आम दर्शक ! (भिडियो)"

Leave a comment