एक ट्वीटले बचायो २६ जना नाबालिग केटीहरुको ज्यान

आधुनिक जमानामा प्रविधिको विकासले मानिसहरुका लागि फाइदाको काम गर्नुका साथै नोक्सान पनि पुर्याएको छ । तर भारतमा केबल एउटा ट्वीटले २६ जना केटीहरुको ज्यान बचाएको छ । सुन्दा पत्यार नलाग्न सक्छ, तर यो सत्य घटना रहेको छ ।

भारतको गोरखपुरमा जीआरवी र आरपीएफले एउटा ट्रेनबाट २६ जना नाबालिग केटीहरुलाई उद्दार गरेको छ । ति केटीहरु मुजफ्फरपुरबाट ईदगाह गइरहेका थिए ।

उनीहरुका साथमा २२ र ५५ बर्षीय २ जना पुरुष पनि रहेका थिए । १० देखि १४ बर्षसम्मका २६ जना केटीहरुलाई उद्दार गरी प्रहरीले यस मामलामा जाँच गरिरहेको बताइएको छ ।

रिपोर्टका अनुसार ५ जुलाईका दिन ती केटीहरु रहेको ट्रेनमा रहेका एकजना व्यक्तिले रेल मन्त्रालय र रेल मन्त्रीलाई ट्वीट गरेर यस बारेमा जानकारी दिएपछि उनीहरुको उद्दार गरिएको थियो । जहाँ ती व्यक्तिले ट्वीट गर्दै केही नाबालिग केटीहरु रोइरहेको र असुरक्षित महसुस गरिरहेको बताएका थिए ।

ट्वीट प्राप्त भएको आधा घण्टापछि जाँच सुरु गरी कारबाही गरिएको बताइएको छ । केटीहरुका साथमा रहेका २ जना पुरुषहरुलाई हिरासतमा लिइएको र घटनाबारेमा थप जानकारी प्राप्त भइनसकेकाे बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एक ट्वीटले बचायो २६ जना नाबालिग केटीहरुको ज्यान"

Leave a comment