बलात्कारको आरोपपछि मिथुन चक्रवर्तीका छोराको बिहे रोकियो

बलात्कारको आरोप लागेका मिथुन चक्रवर्तीका छोरा महाक्षयको शनिबार हुने भनिएको बिहे रद्द गरिएको छ ।

बलीउड अभिनेता मिथुन चक्रवर्तीकी पत्नी योगिता बाली र उनका छोरा महाक्षय चक्रवर्तीमाथि केही दिनअघि बलात्कार, धोकाधडी र जबरजस्तीको आरोप लगाउदै मुद्दा दर्ता गरिएको थियो ।

विवाहको सम्पूर्ण तयारी भइसकेको अवस्थामा अनुसन्धानका लागि प्रहरी समारोहस्थलमै पुगेपछि बिहे रद्द गर्नुपरेको बताइएको छ ।

तमिलनाडुको नीलगिरी जिल्लास्थित उँटीमा महाक्षय र मदालसा शर्माबीच हुन लागेको प्रस्तावित बिवाह रद्द गरिएको हो ।

विवाहको समारोहमा नै प्रहरी पुगेर महाअक्षय र योगितासँत उनीहरु माथि लागेको आरोपलाई लिएर सोधपुछ गरेका थिए । विवाहभन्दा पहिले नै प्रहरी त्यहाँ पुगेकाले मदालसाको परिवार होटल छोडेर त्यहाँबाट फर्केका थिए ।

खासमा भोजपुरी नायिकाको आवेदनमा दिल्लीको एउटा अदालतले महाअक्षयमाथि दुष्कर्म, जबरजस्ती गर्भपतन गराएको र धोकाधडीका लागि र योगिता बालीका विरुद्ध पीडितालाई धम्की दिएको मामलामा मुद्दा दर्ता गराइएको थियो । त्यसपछि घटनाका बारेमा प्रहरीले जाँच सुरु गरेको थियो ।

यद्यवी दिल्लीको एक अदालतले उनीहरुलाई अग्रिम जमानत दिएको थियो । उनीहरु फरार नहुने आशंकामा अदालतले उनीहरुलाई जमानत दिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बलात्कारको आरोपपछि मिथुन चक्रवर्तीका छोराको बिहे रोकियो"

Leave a comment