यस्ताे बन्याे २१ अाैं विश्वकपकाे सेमिफाइनल समिकरण

मस्काे । शनिबार मध्यरात भएकाे खेलमा क्राेएशियाले रूसलार्इ पराजित गरेसंगै विश्वकपको क्वार्टरफाइनल सकिएकाे छ । अब अागामी मंगलबार देखि विश्वकपकाे सेमिफानलका खेलहरू सुरू हुनेछ ।

मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पहिलाे सेमिफाइनल फ्रान्स र बेल्जियमबीच हुनेछ । फ्रान्स पूर्वविशव बिजेता हाे भने बेल्जियम पहिलाे पटक उपाधि हाेडमा छ ।

दुवै टाेलीले क्वाटर फाइनलमा पूर्व विश्व विजेता क्रमश उरूग्वे र ब्राजिललार्इ पराजित गरे सेमिफाइनलकाे यात्रा तय गरेका थिए । पहिलाे सेमिफाइनल खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।

बुधबार नेपाली समय अनुसार पाैने १२ बजे दोस्रो सेमिफइनल खेल हुनेछ । मस्कोस्थित लुज्निकी रंगशालामा हुने उक्त खेलमा इंग्ल्याण्ड र क्रोएशिया एक अर्का बिरूद्ध भिड्दै छन् । इंग्ल्याण्ड स्विडेनलार्इ पराजित गर्दै सेमिफाइनलमा पुगेकाे हाे भने क्राेएशियाले अायाेजक रूसलार्इ पेनाल्टी सुट अाउटमा स्तब्ध बनाएकाे थियाे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यस्ताे बन्याे २१ अाैं विश्वकपकाे सेमिफाइनल समिकरण"

Leave a comment