अायाेजकलार्इ अाफ्नै भूमिमा स्तब्ध बनाउदै क्रोएसिया विश्वकपको सेमिफाइनलमा

मस्काे । २१ अाैं संस्करणकाे विश्वकप आयोजक राष्ट्र रसियालाई स्तब्ध बनाउँदै क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।निर्धारित  र अतिरिक्त समय बराबरी खेलेका दुवै टाेलीकाे जितकाे छिनाेफानाेका लागि पेनाल्टी सुट अाउटकाे अवस्था अाएकाे थियाे ।  पेनाल्टी सुटआउटमा  क्रोएसियाले ४–३ ले खेल अाफ्नाे पक्षमा बनायाे ।

रूसका फिदोर स्मोलाभको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डेनियल सुबेसिचले बचाएका थिए भने मारियो फर्नाण्डेजले बललाई सहि दिशा दिन सकेनन् ।

निर्धारित समय १–१ गोलको बराबरी र अतिरिक्त समयमा पुनः १–१ गोल थपेका दुबै टिमकाे खेल निकै प्रतिस्पर्धात्मक थियाे । अब सेमिफाइनलमा  क्रोएसियाले इग्ल्याण्डकाे सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अायाेजकलार्इ अाफ्नै भूमिमा स्तब्ध बनाउदै क्रोएसिया विश्वकपको सेमिफाइनलमा"

Leave a comment