विश्वकप क्वाटरफाइनल बेल्जियमसँग ब्राजिल २-१ ले पराजित

विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनल अन्तर्गत बेल्जियमले ब्राजिललाई २-१ ले हराउन सफल भएको छ । केभिन डि ब्रुयेनको उत्कृष्ट प्रदर्शनको मदतमा पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हाे ।

बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भयो । नसिर चाड्लीको कर्नरमा फर्नान्डिनोको आत्मघाती गोलमा बेल्जियमले खेलमा अग्रता लियो । त्यस्तै ३१ औं मिनेटमा काउन्टर-अट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता दोब्बर पार्‍यो ।

ब्राजिललाई प्रतियोगिताको प्रमुख दावेदारका रुपमा हेरिएको थियो र उसले अहिलेसम्म एक गोल मात्र खाएको थियो । तर, कजानमा सुरूमै गोल खान पुग्यो । नेसर चार्डीको कर्नरमा फर्नान्डिन्होेले आत्मघाती गोल गरे । भिन्सेन्ट कम्पोनीको हेड बल उनको काँधमा लागेर गोल हुन पुगेको थियो । यो रुस विश्वकपको १० औं आत्मघाती गोल हो ।

फर्नान्डिन्होका म्यानचेष्टर सिटीका टिममेट डि ब्रुडेनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा रोमेलु लुकाकुले दिएको पासमा उनले डि बक्स बाहिरबाटै गोल गरे ।

ब्राजिलसंगै जर्मनी, अर्जेन्टिना र स्पेन लगायतका विश्वकपका अाशा लाग्दा देश बाहिरिएका छन् । अब सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्ने छ । फ्रान्सले यसअघि उरुग्वेलाई २-० ले हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्वकप क्वाटरफाइनल बेल्जियमसँग ब्राजिल २-१ ले पराजित"

Leave a comment