मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने विवादले पति पत्नीबीच सम्बन्ध विच्छेद

रुसमा चलिरहेको फीफा विश्वकपको नशा विश्वव्यापी रुपमा नै छाएको छ । जहाँ कुन खेलाडी तथा कुन टीम उत्कृष्ट भन्ने कुरामा मानिसहरुका बीच बहस चलिरहेको छ । जसमा अर्जेन्टिना र पोर्चुगल मुख्य रुपमा चर्चामा रहेको छ ।

रुस विश्वकपबाट अर्जेन्टिना र पोर्चुगल टीम आउट भइसकेको छ । यद्यपी यि दुवै टीमका समर्थकका बीच हाल यो कुरालाई लिएर बहस भइरहेको छ कि, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोमा को उत्कृष्ट खेलाडी हुन्? यसै विषयमा विवाद भएकै कारण एक विवाहित जोडीबीच सम्बन्ध विच्छेद भएको छ ।

यो घटना विश्वकप आयोजक राष्ट्र रुसकै रहेको छ । त्यहाँका एक व्यक्तिले आफ्नी पत्नीले मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट भनेकै कारणले सम्बन्ध विच्छेदका लागि नोटिस पठाए ।

यो घटना जुन २६ तारिखको रहेको छ । त्यसदिन जब विश्वकप फुटबलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हरायो तब आर्सेन नामक व्यक्ति मेस्सीको उत्कृष्ट प्रदर्शनमा खुसी हुदै रमाउन थाले ।

यसै क्रममा उनकी पत्नी ल्युडमिलाले रोनाल्डो मेस्सीभन्दा उत्कृष्ट रहेको बताएर उनलाई जिस्काउन थालिन् । उक्त कुराले रिसाउदै आर्सेनले घर नै छोडिदिए । यति मात्र नभई तत्कालै अर्काे दिन बिहानै ल्युडमिलालाई डिभोर्सका लागि नोटिस पठाए ।

रुसी अखबार ‘आर्गुमेतो आई फाक्ती’ लाई दिइएको अन्तर्वार्ता आर्सेनले सन् २००२ को विश्वकपकै बेलामा ल्युडमियासँग भेट भएको बताए । प्रेममा परेको केही समयपछि उनीहरुले विवाह गर्ने निर्णय लिएका थिए ।

आर्सेनले भने, ‘यो विश्वकपमा ल्युडमिला लगातार उनलाई मेस्सीको नाम लिएर चिढाइरहेकी थिईन् । साथै आइसल्याण्ड विरुद्धको खेलमा पनि मेस्सीले पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि उनकी पत्नीले गिज्याइरहेकी थिइन् ।

लगातार मेस्सीको आलोचना गरेको र उनलाई गिज्याइएको कारणले गर्दा नै आफूले घर र ल्युडमिलालाई छोड्ने निर्णय गरेको आर्सेनले बताए । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने विवादले पति पत्नीबीच सम्बन्ध विच्छेद"

Leave a comment