चुनावी प्रचारको नयाँ तरिका, भोट माग्नका लागि ढलको पानीमा सुते यि नेता

चुनावभन्दा पहिले नेताहरु आफू र आफ्नो पार्टीको चुनावी प्रचारका लागि जे पनि गर्न तयार हुन्छन् । मतदाताहरुलाइृ आफ्नो पक्षमा ल्याउनका लागि उनीहरु जनताका घरदैलोमा पुगेर गुहार्ने देखि पैसा खुवाउने जस्ता भ्याएसम्मका सबै उपायहरु अपनाउने गर्दछन् । तर कराँचीका एकजना नेताले भोट माग्नका लागि अचम्मको तरिका अपनाएका छन् ।

ती नेताले भोट माग्दै ढलबाट निस्किएको फोहोर पानीमा पल्टिएर फोटो खिचे र त्यसलाई फेसबुक वालमा अपलोड गरे । केबल त्यति मात्र होइन, उनले ढलको पानीमा सुतेरै फेसबुक लाइभ समेत गरे । केही समयपछि उनले आफ्नो हातले पाकिस्तानी झण्डा पनि लहराए र ढलको पानीमा सुतेर नै आफ्ना समर्थकहरुसँग फोटो पनि खिचाए । यो कुरा अहिले निकै चर्चाको विषय बनेको छ ।

कराँचीका अयाज मेमन नामक नेता एनए–२४३ निर्वाचन क्षेत्रबाट चुनाव लडिरहेका स्वतन्त्र उम्मेदवार हुन् । उनी ढलको पानीमा सुतेर जनताले फोहोर र गलत ढल व्यवस्थाका कारण झेल्नुपरेको दुःख र समस्याका बारेमा आफूले बुझेको देखाउनका लागि त्यसो गरेको बताइएको छ ।

अयाजले आफूले त्यस्ता सबै समस्याहरु महसुस गरेकाले वर्तमान सरकार र विपक्षी दलहरुलाई नैतिक दबाब दिन र समस्याको समाधानका लागि ठूलो आन्दोलन गर्ने निर्णय लिएको बताए ।

उनले गत हप्ता पनि आफ्नो चुनाव प्रचारका लागि ढलको पानीमा कयौँ घण्टासम्म बसेर धर्ना दिएका थिए ।
उनको ढलमा सुतेर खिचिएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपी कयौँ मानिसहरुले उनको उक्त कदमको आलोचना गर्दै उनले आफूले आफूलाई मूर्ख साबित गरिरहेको बताएका छन्, भने कत्तिले यो केबल प्रचारका लागि अपनाइएको एउटा तरिका मात्र भएको बताइरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चुनावी प्रचारको नयाँ तरिका, भोट माग्नका लागि ढलको पानीमा सुते यि नेता"

Leave a comment