रेडियोमा प्रत्यक्ष प्रशारण गर्दागर्दै प्रस्तोताले जन्माइन बच्चा, श्रोताले नै राखिदिए नाम (भिडियाे सहित)

सायद तपाईहरुलाई पत्यार नलाग्न सक्छ तर एउटी रेडियो प्रस्तोता महिलाले प्रत्यक्ष प्रशारणकै क्रममा बच्चा जन्माएकी छिन् । यो अमेरिकाको घटना हो । अमेरीकाको एउटा रेडियो प्रस्तोता केसेडे प्रोक्टरले प्रत्यक्ष प्रशारणमै आफ्नो बच्चालाई जन्म दिएकी हुन् ।

अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’ की प्रस्तोता केसेडे प्रोक्टरको यस प्रशारणका लागि विशेष तयारी गरिएको थियो । सोमबार कार्यक्रम चलाउँदै गर्दा उनलाई प्रसव पीडा सुरु भएको थियो । उनलाई तत्काल अस्पताल पुर्याइयो र अस्पतालभित्रै प्रशारणको व्यवस्था गरेर त्यहीँबाट कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो ।

बीबीसीसँग कुरा गर्दै प्रोक्टरले यो आफ्ना लागि एक शानदार अनुभव भएको बताउदै सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै हुन लागेकाले अचानक कार्यक्रमको पनि तयारी गर्नुपरेको बताइन् ।

प्रोक्टरले भनिन्, ‘आफ्नो जीवनको यति महत्वपूर्ण क्षण स्रोताहरुसँग बाँड्न पाउनु मेरो लागि शानदार थियो । यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव हो ।’ प्रोक्टरले भनिन्, ‘बच्चालाई लाइभ शोमा जन्म दिनु आफ्नो नियमित कामकै बिस्तारित रुप हो । जुन म हरेक दिन गर्दछु । म आफ्नो जिन्दगीको हरेक पल आफ्ना स्रोताहरुसँग शेयर गर्दछु ।’

प्रोक्टरले बच्चाको नाम जेमसन राखेकी छिन् । यो नाम पनि स्रोताहरुको सुझाव लिएर राखिएको हो । बच्चा जन्मिनुभन्दा पहिले नै रेडियोमा बच्चाको नामलाई लिएर भोटिङ सुरु गरिएको थियो । रेडियो स्टेशनका कार्यक्रम निर्देशक स्कट राडीले स्थानीय सञ्चार माध्यमसँग भनेका छन्, ‘दम्पतीले छानेका १२ नामलाई हामीलाई भोटिङमा राख्यौँ । जेमसनको जन्म हुँदासम्म भोटिङ चलिरहेको थियो ।’ सर्वाधिक भोटिङका आधारमा नै नाम राखिएको थियो ।

प्रोक्टरको सहसञ्चालकले यस कार्यक्रमलाई जादुमय र शानदार पल भएको बताए । प्रोक्टर अब केही दिनका लागि आफ्नो कार्यक्रमबाट टाढा रहनेछिन् । उनी केही दिनका लागि सुत्केरी बिदामा बस्दैछिन् ।

Little Jedi.

A post shared by Cassiday Proctor (@radiocassiday) on

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "रेडियोमा प्रत्यक्ष प्रशारण गर्दागर्दै प्रस्तोताले जन्माइन बच्चा, श्रोताले नै राखिदिए नाम (भिडियाे सहित)"

Leave a comment