म्याक्डोनल्डको याे खानाले शरिरमा यस्ताे फार्इदा ! वैज्ञानिकले नै गरे दाबी

बढ्दो वातावरणीय समस्या र विभिन्न कारणले गर्दा आजकल जुन उमेरका मानिसहरुमा पनि कपाल झर्ने समस्या बढ्दो क्रममा रहेको छ । उमेरभन्दा पहिले नै कपाल फुल्ने समस्याबाट विशेषगरी युवा वर्गहरु बढी चिन्तित हुने गरिरहेका छन् ।

मानिसहरु कपाल झर्ने समस्याबाट बच्नका लागि जानेसम्म र भ्याएजतिका सबै उपायहरु अपनाइरहेका छन् । जसमा हेयर प्याकदेखि प्याजको रस होस् वा अन्य उपायहरु नै । तर पनि कपाल झर्ने समस्या कम भइरहेको हुदैन । तर तपाईहरुलाई थाहा छ, म्याकडोनल्डको फ्रेन्चफ्राइजव खानाले कपाल झर्नेसमस्या कम हुने गर्दछ ।

हालैमा वैज्ञानिकहरुले एउटा यस्तो अनुसन्धान गरेका छन्,जुन कपाल झर्ने मानिसहरुका लागि खुसीको खबर हुनसक्छ । जापानको योकोहामा नेशनल यूनिभर्सिटीका अुसन्धानकर्ताहरुले यस्तो अनुसन्धान गरेका हुन् ।

रिफाइनेरी २९ को खबरका अनुसार अनुसन्धानकर्ताहरुले म्याकडोनल्ड फ्रेन्चफाइज कपालको पुर्नवृद्धिका लागि उपयोगी हुने दाबी गरेका छन् ।

डिमेथाइल पोलिसिलोक्सेन नामक एउटा रसायन हुने गर्दछ । जुन म्याकडोनल्डको फ्रैन्चफ्राइजमा अधिक मात्रामा उपयोग हुने गर्दछ । यो रसायन कपाल उमार्नका लागि पनि उपयोगी हुने गर्दछ । यसको प्रयोग फ्राइजलाई कुरकुरा बनाउनका लागि गर्ने गरिन्छ ।

वैज्ञानिकहरुले यो प्रयोग मुसाहरुमा पनि गरेर हेरेका थिए । उनीहरुले मुसामा उक्त परीक्षण गर्दा कपालको जीवाश्म जीवाणु पैदा गरेको पाएका थिए । अनुसन्धानकर्ताहरु र उनीहरुको टीमका अनुसार यो प्रविधिले कपालको समस्या पनि ठीक गर्ने गर्दछ ।

ट्वीटरका प्रयोगकर्ताहरुले पनि यो खबर सार्वजनिक भएसँगै खुसी प्रकट गरेका छन् । कपाल झर्ने समस्याबाट बच्नका लागि मानिसहरु यो उपाय अपनाउने बारेमा सोचिरहेका छन् । अनुसन्धानकर्ताहरुले गरेको यो खोज कपाल झर्ने समस्याबाट पीडित भएका मानिसहरुका लागि बरदान साबित हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "म्याक्डोनल्डको याे खानाले शरिरमा यस्ताे फार्इदा ! वैज्ञानिकले नै गरे दाबी"

Leave a comment