माअाेवादीकाे एम्बुसमा परी मारिएका बाँदरमुँडेका ३८ जनालाई सहिद घोषणा

काठमाडाैं । सरकारले सबै प्रदेशमा अन्तराष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद्ले सातै प्रदेशमा केन्द्र निर्माण गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बैठकले २०६२ जेष्ट २३ को चितवनको बाँदरमुँडे घटनामा मारिएका ३८ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । बैठकले कास्की , सिन्धुपाल्चोक , सुनसरी तथा खोटाङमा माओवादीबाट मारिएका केहि व्यक्तिलाई पनि सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

बैठकले पुर्वि रुकुमको सदरमुकाम उतरगंगा वडा नंवर १२ मा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए । बैठकले परिवार नियोजन संघको सबै कार्यसमिति बिघटन गर्दे छत्र बहादुर गिरीकोे अध्यक्षतामा नया कार्यसमिति गठन गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "माअाेवादीकाे एम्बुसमा परी मारिएका बाँदरमुँडेका ३८ जनालाई सहिद घोषणा"

Leave a comment