एमालेसँगको गठबन्धन हुदाँ समेत किन हारे माओवादी ? छानबिन हुने

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेतालाई जिम्मेवारी दिन नेता रामबहादुर थापा बादलको नेतृत्वमा एक समिति गठन गरेको छ ।

खुमलटारस्थित दाहाल निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा निर्वाचनमा भएका अन्तर्घातबारे छानबिन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता पम्फा भूषासले जानकारी दिइन् । बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहनुभएको छ ।

माओवादीले प्रतिनिधिसभा निर्वाचनमा केही जिल्लामा एमालेसँगको गठबन्धन हुदाँ समेत आफ्ना उम्मेदवार पराजित भएकोमा छानबिन गर्न समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एमालेसँगको गठबन्धन हुदाँ समेत किन हारे माओवादी ? छानबिन हुने"

Leave a comment