एमाले ओली पक्षका नेतालाई चित्त नबुझ्ने माओवादी कार्यालयको यस्तो निर्णय !

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाललाई नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष पाउनुपर्ने दबाब दिएका छन् । चुनावी परिणामले दुवै दल मिलेर नयाँ वामपार्टी बन्नुपर्ने जनमत पाएको तर त्यही आधारमा एमालेको पछि लागेर मात्र नयाँ पार्टी गठन गर्न नहुनेतर्फ नेताहरुले अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए ।

खुमलटारस्थित दाहाल निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा बोल्ने अधिकांश नेताले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने भएकाले माओवादी केन्द्रले बिनाशर्त एकतापछि पार्टीको नेतृत्व पाउनुपर्ने धारणा राखेका हुन् ।

बैठकले एमालेसँग पार्टी एकीरणका लागि अन्तिम तथा निर्णायक छलफल गर्ने निर्णय पनि गरेको छ । सरकार गठनअघि नै पार्टी एकताको प्रक्रिया मिलाउन जोड दिने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले नयाँ सरकार गठनका लागि बाटो खोलिदिन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरेको छ । बैठकले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न पनि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एमाले ओली पक्षका नेतालाई चित्त नबुझ्ने माओवादी कार्यालयको यस्तो निर्णय !"

Leave a comment