अाेलीकाे अभिव्यक्ति विराेधी माअाेवादी बैठकले गर्याे यस्ताे निर्णय

काठमाडाैं । नेकपा माओवादी केन्द्रको सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सोमबार भएको माओवादी केन्द्रको सचिवालय बैठकले सरकार गठन र पार्टी एकता एकसाथ गर्ने निर्णय गरेको हो।

प्रवक्ता पम्फा भुसाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले केहि दिन अघि पहिले सरकार गठन अनि मात्र पार्टी एकता बारे छलफल गर्ने बताएका थिए । चुनावी समीक्षा, नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो।

पार्टी प्रवक्ता पम्फा भुसालले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वाम गठबन्धनलाई पछिल्ला निर्वाचनबाट जनताले अनुमोदन गरिसकेकाले अब पार्टी एकताको प्रक्रियालाई पनि सरकार गठनको प्रक्रियासँगै अगाडि बढाउनुपर्ने बैठकको निष्कर्ष रहेको जानकारी दिइन्।

वामपन्थीबीच एकता गर्नेगरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन गरेर जाँदा मतदाताले त्यसलाई अनुमोदन गरेको बैठकको निष्कर्ष छ।

यस्तै, राष्ट्रिय सभा गठन सम्बन्धी विवाद राजनीतिक विवाद भएको भन्दै यसलाई यसलाई राजनीतिक तहबाटै छलफल गरेरर समाधान गर्नुपर्ने माओवादीले जनाएको छ। बैठकले निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, सरकार र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिएको पनि प्रवक्ता भुसालले जानकारी दिइन्।

“जनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमाेदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले राेकेर राेकिँदैन” प्रवक्ता भुसालले भनिन्।

समानुपातिकमा माअाेवादी केन्द्रकाे कम मत अाउनुमा ६०% स्थानमा उम्मेद्वार नहुनु र समानुपातिक तर्फकाे व्यवस्थित प्रचार नहुनु मूख्य कारण रहेकाे पनि प्रवक्ता भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अाेलीकाे अभिव्यक्ति विराेधी माअाेवादी बैठकले गर्याे यस्ताे निर्णय"

Leave a comment