रक्षामन्त्री प्रधान र नेपाल भ्रमणमा रहेका म्यान्मारका सेना प्रमुखबीच भेट वार्ता

काठमाडौं मंसिर २६, रक्षा मन्त्री भिमसेनदास प्रधान र नेपाल भ्रमणमा रहेका म्यान्मारका सेना प्रमुख अङ लेइङ्ग बीच साेमबार भेट वार्ता भएको छ । सिंहदरवार स्थित रक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री प्रधान र लेइङ्ग बीच नेपाली सेना र म्यानमारका सेना बीच प्रकोप व्यवस्थापनमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको हो ।

त्यस क्रममा मन्त्री प्रधानले नेपाल र म्यान्मार ऐतिहासिक, साँस्कृतिक, धार्मिक हिसाबले महत्वपूर्ण देश रहेको र युगौ देखि म्यानमारका जनता, नेपाली जनता र सरकारका बीच सुमधुर सम्बन्ध रहेको भन्दै म्यानमारको विकासका विषयमा समेत अनुभव साटासाट गर्न सकिने बताए ।

भेटका क्रममा नेपाली सेनासँग सैन्य तालिममा अनुभव साटासाट गर्ने लगायतका विषयमा पनि कुराकानी भएको छ । जवाफमा म्यानमारका सेना प्रमुख लेइङ्गले प्रकोप व्यवस्थापन र विकासका अनुभवहरु आदान प्रदान गर्न दुई देशका सेना बीच सहयोग आदान प्रदान गर्ने विषयमा म्यानमार तयार रहेको बताएका थिए ।

भेटवार्ताको अन्त्यमा लेइङ्गले रक्षामन्त्री प्रधानलाई म्यानमार भ्रमणका लागि आफ्नो मन्त्रालय मार्फत निमन्त्रणा पठाइने जानकारी दिएका थिए । उक्त भेटका दौरान रक्षा सचिव विनोद के.सी. र दुबै देशका उच्च अधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "रक्षामन्त्री प्रधान र नेपाल भ्रमणमा रहेका म्यान्मारका सेना प्रमुखबीच भेट वार्ता"

Leave a comment