डोल्पामा वाम गठबन्धनको पूरै प्यानल विजयी, कसकाे कति मत ?

दुनै । डोल्पामा वाम गठबन्धनले पूरै स्थान हात पारेको छ ।  प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेशसभा निर्वाचन दुई क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी भएको हो । प्रतिनिधिसभामा वाम गठबन्धनबाट नेकपा (एमाले)का धनबहादुर बुढा ११ हजार ७६१ मत ल्याएर विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अंगतकुमार बुढाले तीन हजार १६७ मत ल्याएका हुन् ।

त्यसैगरी प्रदेश (क)मा वाम गठबन्धनबाट एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याउनुभएको छ । त्यसैगरी वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का वीरबहादुर शाही छ हजार ४१४ मत ल्याएर विजयी भएकाछ । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेशबहादुर शाहीले दुई हजार १०५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "डोल्पामा वाम गठबन्धनको पूरै प्यानल विजयी, कसकाे कति मत ?"

Leave a comment