पार्टी सखाप, देउवालार्इ भने दाेब्बर

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले अाफूलार्इ एक्ल्याउने पूर्वानुमान भएपनि अाम निर्वाचन गराउने  ‘रिक्स्’ माेले । वाम गठबन्धनले देशभर नेपाली कांग्रेसलार्इ एक प्रकारकाे ‘क्लिन स्वीप’ नै गर्याे । त्यसाे त नेपाली काँग्रेसमा गगन थापा, प्रकाशमान सिं लगायत चर्चामा अाएका नेताहरू विजयी बनेकै हुन् । प्रम देउवाले अहिलेसम्म ६०६८ ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माअाेवादी केन्द्रका खगराज भट्टले ३०९५ मत पाएका छन् ।

वाम गठबन्धनमा नेकपा एमाले १८ स्थानमा विजयी भर्इ अाफूलार्इ अग्रस्थानमा उभ्याएकाे छ भने साेही गठबन्धनकाे माअाेवादी केन्द्र ५ स्थानमा दाेस्राे बनेकाे छ । अहिलेसम्मकाे परिणाममा नेपाली कांग्रेस ३ स्थानमा विजयी भर्इ तेस्राे बनेकाे छ । त्यसैगरी एमाले ५४ स्थानमा, माअाेवादी केन्द्र २४ र नेपाली कांग्रेस २४ स्थानमा अगाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पार्टी सखाप, देउवालार्इ भने दाेब्बर"

Leave a comment