चुनाव वहिस्कार गर्ने कांग्रेसकाे चेतावनी, अधिकृतदेखि पिउनसम्म कम्युनिष्ट भएको अाराेप

गुल्मी ।  ३५ वटा मतदान केन्द्रमा अधिकृतदेखि पिउनसम्म कम्युनिष्ट भएको भन्दै कांग्रेसले चुनाव बहिष्कार गर्ने नेपाली कांग्रेसले गुल्मीमा चुनाव वहिस्कार गर्ने चेतावनी दिएको छ । शनिवार चुनावमा खटिने कर्मचारी परिचालन गर्ने गोलाप्रथा गरिएको थियो । साेही विषयमा असहमती राख्दै कांग्रेसले चुनाव वहिस्कार गर्ने चेतावनी दिएको हो । मतदानको लागि खटिएका ७ सय कर्मचारी दुई दिनदेखि सदरमुकाम तम्घासमै अन्याैलमा परेका छन् ।

शनिवारदेखि बसेको सर्बदलीय बैठकले अहिलेसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले कांग्रेसका कारण गोलाप्रथा गर्दा पनि असहमति जनाएपछि थप समस्या भएको बताए ।  दुबै पक्षलाई मिलाउने प्रयास भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी अर्यालले सहमति नभए ठूलै समस्या आउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चुनाव वहिस्कार गर्ने कांग्रेसकाे चेतावनी, अधिकृतदेखि पिउनसम्म कम्युनिष्ट भएको अाराेप"

Leave a comment