दाहालले भने, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैन्नाैं तर….

फाेटाेः दाहाल सचिवालय

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अाफूहरूकाे चाहाना सरकार ढालेर निर्वाचन प्रभावित गर्ने नरहेकाे बताएका छन् । उनले अगाडि भने  “…तर, प्रधानमन्त्री र नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।” सिंहदरबारमा शनिवार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे बताए ।

उनले भने “वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको ध्येय आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ । हामी निर्वाचन सफल बनाउन चाहन्छाैं ।”

“हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन, उनले भने , “एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको छ ।”

बैठकमा केही सांसदले भने सैद्धान्तिक विषयमा एकरुपता कायम नगरीकन एमालेसँग एकता नै गरी हाल्नुपर्नाको कारणबारे अध्यक्ष दाहालसँग प्रश्न गरेका थिए । हतारमा गरिएको एकताले कतै आगामी दिनमा समस्या त खडा गर्ने होइन, माओवादीको पहिचान गुम्ने त होइन भन्दै उनीहरुले प्रश्न गरेका थिए ।

यस्तै पार्टी एकता, आगामी निर्वाचनको तयारी तथा अन्य सांगठनिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजै पोलिटब्यूरोको बैठक बोलाएको छ । बैठकमा एमाले, नयाँ शक्तिसँग भएको पार्टी एकताको विषयमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठक केही बेरपछि राष्ट्रिय सभागृहमा बस्दै छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दाहालले भने, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैन्नाैं तर…."

Leave a comment