नेपाललाई उच्चस्तरीय तथा गहन सहयोग गर्ने चीनकाे चाहाना

काठमाडाैं । चीनले नेपाललाई उच्चस्तरीय तथा गहन सहयोग गर्न चाहेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् ।  चीनका परराष्ट्रमन्त्री वाङ यीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग बिहिबार बेइजिङमा भेटवार्ता गर्दै परराष्ट्रमन्त्री वाङ यीले यस्ताे बताएका हुन् ।  चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ्सले नेपालको राष्ट्रिय विकासलाई गति दिन चीन–नेपाल सम्बन्धले शक्तिशाली चालक–शक्ति दिएकाे उनकाे धारणा थियाे ।

विपत्तिपछिको पुनर्निर्माण, व्यापार, ऊर्जा र पर्यटनमा लगानीप्रति पनि चीनको अभिरूची प्रकट रहेकाे साे अवसरमा परराष्ट्रमन्त्री यीले बताए

भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले चीनद्वारा अघि सारिएको बेल्ट एण्ड रोड इनिसियटिभ्समा नेपाल प्रतिवद्ध रहेको र सक्रियताका साथ सहभागी हुने इच्छा देखाउँदै चीनले ओबीओआर परियोजना अन्तर्गत आर्थिक वृद्धि, व्यापार, लगानी, सीमापार रेलवे, इन्टरकनेक्सन, पर्यटन तथा अन्य क्षेत्रको विकासमा भाग लिँदा सम्बन्धले अर्को उचाइ लिने विचार व्यक्त गरे।

परराष्ट्रमन्त्री महराले  आफू र वाङ यीबीच केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन छिट्टै थाल्नेबारे छलफल भएको महराले बताए । साथै वान बेल्ट वान रेड अवधारणा अन्तरगत नेपालमा भौतिक पूर्वाधारका साथै रेलवे र रोडसहित क्रस बोडर कनेक्भिटिभी, व्यापार, पर्यटन र लगानी बृद्धि हुने विश्वास नेपालले लिएको उनले बताए ।

नेपालले दृढताका साथ एक चीन नीतिको समर्थन गरेको छ र नेपालको भूमि चिनियाँ सार्वभौमिकता र चीन विरोधी गतिविधिका लागि प्रयोग गर्न अनुमति दिने छैन। महराले भने, ‘नेपालका आन्तरिक राजनीतिक शक्तिहरूबीच पनि चीनसँगको सम्बन्धलाई विकसित पार्नेमा उच्च मतैक्यता छ।’

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाललाई उच्चस्तरीय तथा गहन सहयोग गर्ने चीनकाे चाहाना"

Leave a comment