दुर्घटनास्थलबाटै गहना र पैसा गायव

नवीन ढुंगाना । काठमाडौं । जेठ १४ गते धादिङ्गबेसीबाट खहरेतर्फ गईरहेको बस टारीबेसी सडक खण्डको भकारेमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो भने धेरै मानिस घाईते भए । घाईते मध्येकी एक हुन् अस्मिता सामरी, जसको दुर्घटनामा ६ तोला सुन, ३ थान मोबाईल र १० हजार रुपैयाँ पैसा पनि हरायो ।

नेपाल जर्नलले घटनाबारे अस्मिताका दाजु किरण पाठकलाई सम्पर्क गरी सोधेको थियो । किरण पाठकसँग गरिएको कुराकानीको सम्पादित अशंः

बहिनी २२ वर्षीकी भईन । दुर्घटना भएको दिन अस्मिता मुरली भञ्ज्याङ घरबाट माईत खहरे जान हिडेकी थिइन् । भकारे पुगेपछि बस बिग्रियो । खहरेबाट स्कुलको बस मगाएर जाने तयारी गर्दैगर्दा बस खस्यो । घटना भएको दिन के भयो र अब कसरी उपचार गर्ने भन्ने मै हतार भयो । भोलिपल्ट ट्रमा सेन्टरमा बहिनीले आफ्नो सुन, पैसा र मोबाईल भएको रातो ह्याण्ड आफुसँग नभएको बताइन् । त्यस पछि हामीले १० जना मान्छे पठाएर घटनास्थलमा खोज्यौँ । कतै पाएनौँ । स्थानीयलाई सोध्यौँ कसैले पनि पाएको भनेनन् । जिल्ला प्रहरीमा खबर गर्यौं । प्रहरीले विवाहको सामान लिएर गएका बस कै अरु मान्छेलाई सामान बुझाएको भने । त्यो घरमा गएर सोध्दा आफूहरुले कुनै झोला नपाएको बताए । जेठ १६ गतेसम्म फोनमा घण्टी गईराखेको थियो । अहिले मोबाइल अफ छ ।

के के थिए झोलामा ?

नवविवाहित अस्मितासँग विवाहमा किनेका एक सेट सबै गहना थिए । तिलहरी, झुम्का, बाला, हार सेट, शीरमा लगाउने चन्द्रमा गरी ६ तोला सुन अनि ३ थान मोबाइल र १० हजार रुपैयाँ थियो ।

के भन्छ प्रहरी ?
जिल्ला प्रहरी कार्यलय धादिङ्गबाट दुर्घटनामा उद्दार गर्न गएका प्रहरी टोलीका प्रमुख प्रहरी निरिक्षक सन्तोष कुमार लामाले घटनास्थलबाट बरामद भएको सबै सामान प्रहरी कार्यालयमा रहेको तर त्यहाँ अस्मिताको झोला नरहेको बताए । परिवारका सदस्यले रातो रंगको झोला नपाईएको भन्दै प्रहरीमा निवेदन परेको स्वीकारे ।

प्रहरी निरिक्षक लामाका अनुसार प्रहरी घटनास्थल पुग्दा धेरै मानिसहरु पुगीसकेका थिए । बिरामीहरुलाई उपचारार्थ अस्पताल पठाई सकेपछि त्यहाँ भएका सामानहरु प्रहरीले जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको प्रहरी निरिक्षक लामाले जानकारी दिए । ‘हामी खोज तलास गर्दैछौँ । मोबाइल कल डिटेल्स पनि हेर्ने प्रक्रियामा छौँ । पत्ता लाग्न सक्छ’, निरिक्षक लामाको भनाई थियो ।

प्रतिक्रिया दिनुहाेस्

1 Comment on "दुर्घटनास्थलबाटै गहना र पैसा गायव"

  1. small loans personal loans bad credit business loan [url=https://personalaae.org]best personal loans[/url] ’

Leave a comment