मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) को २१औँ स्थापना दिवशको अवसर पारेर संगठनमा आबद्ध मजदुरहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संगठन अन्र्तगतका श्रमीक र उनीहरुमा आश्रीत परिवारका सदस्य गरि १ सय ७९ जनाले निशुल्क स्वास्थ्य परिक्षण सेवाबाट लाभ लिएको संगठनका अध्यक्ष नरनाथ लुईटेले जानकारी दिए । कार्यक्रममा ७७ जनाले मृतृपर्यन्त अंगदान गर्ने घोषण समेत गरेका छन ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्युपेक नेपालले उपत्यकाका ३ जिल्लाका मजदुरहरुको मृत्युपर्यन्त मुटु, मृगौला,फोक्सो,कलेजो, प्याङिक्रयाज, सानो आन्द्रा दान गर्ने कार्यक्रम राखेको हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न"

Leave a comment