साझा पार्टीले दोस्रो चरणमा कहाँ-कहाँ उठाउँछ उम्मेद्वार ?

काठमाडौं । काठमाडौं र ललितपुर महानगरमा अप्रत्याशित परिणाम हात पारेर उत्साहित बनेको साझा पार्टी दोस्रो चरणको चुनावी तयारीको क्रममा पूर्वी नेपाल पुगेको छ । ईटहरी र बिराटनगरमा पार्टीका संयोजक रविन्द्र मिश्रले बुधबार साझा समर्थकहरुलाई सम्बोधन गर्दै पहिलो चरणको निर्वाचन परिणामबाट आफूहरु उत्साहित बनेको बताए ।

बुधवार पूर्वका इनरुवा, इटहरी र बिराटनगरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको साझा पार्टीले पुरानै कार्यतालिका अनुसार जिल्लाहरुमा कार्यक्रम गरिएको जनाएको छ । साझा पार्टीका मुमाराम खनालले दोस्रो चरणको निर्वाचनमा पनि उम्मेद्वार बन्न विभिन्न जिल्लाबाट चासो व्यक्त भएको र त्यसबारेमा पार्टीले बिचार गरिरहेको नेपाल जर्नललाई बताए । स्राेतका अनुसार बिराटनगर, इटहरी र बुटवलमा उम्मेद्वारी  दिन साझा समर्थकहरू जुर्मुराएका छन् ।

उनले निर्वाचन हुन बाँकी रहेका मुख्य शहरहरुमा उम्मेद्वार बन्न सक्ने व्यक्तिहरुको पहिचान र सम्भाव्यता बारे पार्टीले अध्ययन गरिरहेको पनि जानकारी दिए । पहिलो चरणको निर्वाचनमा ललितपुर महानगरमा साझा पार्टी मेयरमा तेस्रो र उपमेयरमा दोस्रो बनेको थियो । त्यसैगरी काठमाडौं महानगरमा मेयरका उम्मेद्वार किशोर थापाले चौथो स्थान हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "साझा पार्टीले दोस्रो चरणमा कहाँ-कहाँ उठाउँछ उम्मेद्वार ?"

Leave a comment