काबुलमा आत्मघाती आक्रमणमा ६४ जनाको मृत्यु

अफगानिस्तान। अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनितिज्ञ व्यक्तित्वहरुको आवासस्थानलक्षित भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।

यस आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका छन् । आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधानलाई स्थानीय समयाअनुसार ८ः३० बजे बुधबार विहान जान्बाक स्क्वायरस्थित बिस्फोट गराइएको बताइएको छ ।
यस विस्फोटको कारण ५० भन्दा बढी सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएको समाचार उल्लेख छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काबुलमा आत्मघाती आक्रमणमा ६४ जनाको मृत्यु"

Leave a comment