करेन्ट लागेर भारतीय मजदूरको मृत्यु 

मोरङ, असार १ । मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा बिहीबार राति करेन्ट लागेर एकजना मजदूरको मृत्यु भएको छ ।

उद्योगमा काम गरिरहेका बेला करेन्ट लागेर घाइते भएका भारत, सीतामढी घर भएका २३ वर्षीय रन्जन कुमारको उपचारका क्रममा मृत्यु भएको हो ।

राति १०ः३० बजे मेशिन चलाउने क्रममा करेन्ट लागेर घाइते भएका रन्जनलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उनको सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवा, मोरङले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "करेन्ट लागेर भारतीय मजदूरको मृत्यु "

Leave a comment