मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

चितवन, असार १ । पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका–२१, थकालीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बिहीबार राति करिब १०ः३० बजेको समयमा ना २० प १२७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा स्थानीय ४५÷५० वर्षीय अर्जुन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भरतपुर ल्याइएको थियो । उनको राति करिब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु"

Leave a comment