विश्वकपकाे उद्घाटन खेलमा रूसकाे सानदार सुरूवात,साउदी अरेबिया ५-० ले स्तब्ध

मस्काे । विश्वकपकाे उद्घाटन खेलमा अायाेजक रूसले शानदार सुरूवात गरेकाे छ । खेलकाे सुरूवात देखिनै साउदी खेलाडीमाथि हाबि बनेकाे रूसले खेलकाे अन्तिम सिठ्ठि बज्दा ५-०काे सानदार नतिजामा खुसियाली मनायाे ।

खेलकाे १२ अाैं मिनेटमा युरी गोजिन्सीले हेड मार्फत गाेल गर्दै अायाेजकलार्इ अग्रता दिलाएका थिए । त्यस्तै पहिलाे हाफकाे ४३ अाैं मिनेटमा डेनिस च्यारिसेभले अार्कषक गाेल गर्दै टिमलार्इ २-० काे अग्रता दिलाए ।

खेलमा सम्हालिन हरसम्भव प्रयास गरेकाे साउदी अरेबियाले दाेस्राे हाफमा गाेल फर्काउन त सकेन नै अाफ्नाे पाेल समेत रक्षा गर्न सकेन । पहिलाे हाफकाे अग्रता र हजाराैं घरेलु सर्मथककाे साथ पाएकाे रूस झनै अाक्रामक रूपमा प्रस्तुत भयाे दाेस्राे हाफमा ।

खेलकाे ७० अाैं मिनेटमा मैदान छिरेका र्टिम ड्यजयुबाले अाफूले छाेएकाे पहिलाे बल नै गाेलमा परिणत गरिदिए । खेलकाे ९० अाैं मिनेटमा च्यारिसेले गाेल गरे भने अलेक्सोन्डर गोलोभिन अतिरिक्त समयकाे अन्तिममा गाेल गरे ।                                                    

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्वकपकाे उद्घाटन खेलमा रूसकाे सानदार सुरूवात,साउदी अरेबिया ५-० ले स्तब्ध"

Leave a comment