गर्मीबाट हैरान भएर यि व्यक्तिले सूर्यमाथि नै मुद्दा हाले, यस्तो छ उजुरीमा

यो गर्मीको मौसम जोकोही मानिसहरु पनि घामबाट टाढा रहेर शीतलता खोजिरहेका हुन्छन् । तर यहीँ गर्मीसँग सम्बन्धित एउटा अनौठो कुरा सार्वजनिक भएको छ । जुन सायद आजसम्म तपाईहरुले आफ्नो जिन्दगीमा सुन्नु वा देख्नु भएको होला ।

सोशल मिडियामा भाइरल भइरहेको खबरका अनुसार एकजना व्यक्तिले गर्मीबाट चिन्तित भएर सूर्य देवता माथि नै उजुरी दर्ता गरिदिएका छन् ।

मिडिया रिपोर्टका अनुसार यो खबर भारतको मध्यप्रदेशको शाजापुर जिल्लाको रहेको छ । त्यहाँका एक युवकले गर्मीबाट हैरान भएर सूर्य देवतामाथि नै मुद्दा हालिदिएका छन् । जोकोही मानिसहरुले पनि यस मामलाका बारेमा सुनेका छन् उनीहरु यो कुनै फिल्मी सीनजस्तो भएको बताइरहेका छन् ।

यो मामला हिन्दी फिल्म ओएमजी जस्तो रहेको बताइएको छ । जहाँ एउटा कुरालाई लिएर भगवानमाथि नै केश दर्ता गराइएको हुन्छ ।

त्यसै मध्यप्रदेशका शिवपाल सिंह नामक ती युवकले पनि गर्मीबाट बेहाल भएर सूर्यलाई दोषी ठहर गर्दै उनीमाथि नै केश दर्ता गराएका छन् । उनले शाजापुर थानामा आफ्नो केश दर्ता गराएका हुन् ।

उनले आफ्नो उजुरीपत्रमा लेखेका छन्, ‘विगत एक हप्तादेखि आकाशबाट बर्सिएको आगोका कारण मानसिक र शारीरिक रुपमा कष्ट सहिरहेको छुँ । यस गर्मीबाट मलाई मानसिक र शारीरिक दुवै रुपमा पीडा भइरहेको छ । जसका लागि म श्रीमान् सूर्यनारायण, निवासी ब्रम्हांडलाई दोषी मान्दछुँ । उनलाई भारतीय संविधान अनुसार कारबाही गरियोस् ।’ एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "गर्मीबाट हैरान भएर यि व्यक्तिले सूर्यमाथि नै मुद्दा हाले, यस्तो छ उजुरीमा"

Leave a comment