बाजेको सेकुवामा सुन अनुसन्धान समितिले शिलबन्दी गर्दै गर्दा जे देखियाे (फाेटाे फिचर)

काठमाडाैं । गृहमन्त्रालय माताहतको सुन तस्करी अनुसन्धान समितिले काठमाडौंको गैरीधारा,अनामनगर, बत्तिसपुतली लगायत राजधानीमा रहेका बाजेको सेकुवाको ६ वटै कर्नरमा शिलबन्दी गरेकाे छ ।

संगठित अपराध निरावरण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा छापा मारिएको समितिले जानकारी दिएको छ । साढे ३३ किलो तस्करीको सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्दे आएको समितिले बुधबार बाजेका सेकुवाको सबै रेष्ट्ररेन्टहरूमा छापा हानेको हो।

मंगलबार मात्रै आर के ज्वेलर्समा सोमबार छापा हानेको अनुसन्धान समितिले बुधबार बाजेको सेकुवामा पनि रेड हानेको हो । अनुसन्धान समितिले ६ वटै आउटलेटमा शिलबन्दी गरे पछि सेकुवामा काम गरेका कामदारहरू निराश देखिन्थे । केहिबेर अघिसम्म मात्रै अाफूले काम गरेकाे रेष्टुरेन्ट बन्द भए पछि अाफ्नाे झाेला झिम्टा बाेकेर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बाजेको सेकुवामा सुन अनुसन्धान समितिले शिलबन्दी गर्दै गर्दा जे देखियाे (फाेटाे फिचर)"

Leave a comment