विश्वकपमा पहिलाे खेल खेल्नुभन्दा २ दिन नै अघि स्पेनका प्रशिक्षक बर्खास्त

काठमाडाैँ, जेठ ३०। विश्वकप फुटबल सुरु हुन एक दिन बाँकी रहँदा स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ । विश्वकपमा पहिलाे खेल खेल्नुभन्दा २ दिन नै अघि स्पेनका प्रशिक्षक बर्खास्तीमा परेका हुन् ।

स्पेनिस फुटबल फेडेरेसन (अारएफइफ) ले लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो ।

घलाई कुनै जानकारी नदिई रियल मड्रिडसँग सम्झौता गरेकाले ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरिएको अारएफइफले बताएको छ ।

स्पेनिस क्लब रियल मड्रिडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।

१४ जुन अर्थात भाेलीबाट रसियामा विश्वकप सुरू हुदैँछ ।

‘मलाई थाहा छ यो निकै कठिन समय हो । र, मैले जे गरेपनि आलोचना हुन्छ’ अध्यक्ष लुइस रुबियल्सले भने ।

सन् २०१६ मा लोपेटेगी स्पेनका लागि प्रशिक्षक बनेका थिए । भिसेन्ट डेल बाेस्ककाे सेवानिवृत्त भएपछि उनले हालसम्म अाफ्नाे कार्यकाल सम्हाल्दै अाएका थिए । बीबीसी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्वकपमा पहिलाे खेल खेल्नुभन्दा २ दिन नै अघि स्पेनका प्रशिक्षक बर्खास्त"

Leave a comment