नेपालमा पहिलाे पटक विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन हुने

काठमाण्डाै ।  आगामी असार १ गतेदेखि काठमाण्डाैमा प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनले १० बर्षे विज्ञान, सूचना र प्रविधिको विकास कार्य योजना तयार पार्नेछ । राष्ट्रिय युवा परिषदको आयोजनामा हुने सम्मेलनले विज्ञान, प्रविधिको क्षेत्रमा युवा सहभागिता जनाउने अपेक्षा लिइएको छ । सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा, आयुर्वेद, इन्जिनियरिड., सुचना प्रविधि, कृषि, वन विज्ञान, खगोल सहितका १२ वटा विधाका विषयगत समूहहरू बनाई कार्यपत्रहरू प्रस्तुत गरिनेछन् ।

सम्मेलनले विज्ञान तथा प्रविधि क्षेत्रका विद्यमान संरचनाह?को समीक्षा गर्ने, युवाहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरिरहेका आविष्कार, खोज, अनुसन्धानहरूलाई नीति निर्माता तहमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

सम्मेलनमा विज्ञान तथा प्रविधि क्षेत्रमा काम गरिरहेका ४ सय युवाहरू सहभागि हुने आयोजकले बताएको छ । सम्मेलन ३ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपालमा पहिलाे पटक विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन हुने"

Leave a comment