असार ५ गते देखि प्रधानमन्त्रीले चीनकाे राजकीय भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणबारेकाे जानकारी परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे हाे । परराष्ट्रकाे वित्रप्ति अनुसार असार ५ गते प्रधानमन्त्री अाेली चीन भ्रमणमा निस्कने छन् ।

प्रधानमन्त्रीकाे अाैपचारिक चीन भ्रमण ६ दिनकाे हुने मन्त्रालयले जनाएकाे छ । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङकोऔपचारिक निमन्त्रणामा भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीसंगै गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत सांसदहरु र उच्च पदस्थ सरकारी अधिकारी भ्रमण दलमा रहने परराष्ट्रले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "असार ५ गते देखि प्रधानमन्त्रीले चीनकाे राजकीय भ्रमण गर्ने"

Leave a comment