विश्वकपका लागि यि फुटबलरले आफ्नो हनीमुन नै त्यागे

अष्ट्रेलियाका डिफेन्डर जोश रिस्डनले फिफा विश्वकपका कारण हनीमुन त्यागेका छन् । उनले विश्वकपको तयारीमा व्यस्त भएका कारण आफ्नो हनीमुन योजना क्यान्सिल गरेका हुन् ।

जून १४ अर्थात् भोलि बिहीबारदेखि विश्वकप सुरु हुँदैछ ।

रिस्डनले भने, ‘हनीमुन एक खास पल हो । तर मेरा लागि हनीमुनभन्दा केही बढी नै महत्वपूर्ण यो विश्वकप रहेको छ । मेरी पत्नीले मेरो निर्णयमा सहमति जनाएकी छिन् ।’

रिस्डन भन्छन्, ‘हाम्रो विवाहको लगत्तै म विश्वकपको तयारीका लागि राष्ट्रिय टीममा शामिल भएँ । यो टूर्नामेन्टपछि हामी केही हप्ता साथमा नै बिताउनेछौँ । हामी हनीमुन पर्खिन पूर्ण रुपमा तयार अवस्थामै थियौँ । म हाल एकदमै ख्ुसी रहेको छुँ ।’

विवाह लगत्तै रिस्डेन विश्वकप तयारीका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएका थिए ।

अष्ट्रेलियाको राष्ट्रिय टोली प्रशिक्षण सत्रमा उपस्थित दर्शक देखेर मक्ख छ । रुसको कजान सहरमा भएको पहिलो प्रशिक्षण हेर्न करिब ३ हजार प्रशंसक उपस्थित भएका थिए ।

रुसमा जुन १४ देखि फीफा विश्वकप सञ्चालन हुँदैछ । रुसका ११ वटा सहरमा १२ वटा स्टेडियममा खेल खेलिदैछ ।

अष्ट्रेलियाको पहिलो प्रतिस्पर्धा १६ जुनमा फ्रान्ससँग हुनेछ । यसपछि २१ जुनमा डेनमार्कसँग भिड्नेछ र २६ जुनमा उसको प्रतिस्पर्धा पेरुसँग हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्वकपका लागि यि फुटबलरले आफ्नो हनीमुन नै त्यागे"

Leave a comment