दीपिका पादुकोण बसेको बिल्डिङमा आगलागी

दक्षिण मुम्बईको वर्लीमा रहेको एउटा अग्लो भवनमा आगलागी भएको छ । यसै भवनमा बलीउड अभिनेत्री दीपिका पादुकोणको पनि एउटा अपार्टमेन्ट रहेको छ ।

यद्यपी यस आगलागीका कारण कोही हताहत भएकाृ भन्ने खबर भने आएको छैन । करिब १०० जना मानिसहरुलाई सुरक्षित साथ भवनबाट निकालिएको बताइएको छ ।

 

प्रभावदेवी कम्प्लेक्सको ३२ औँ तलामा उक्त आगलागी भएको हो । दीपिका पादुकोणको अपार्टमेन्ट भने यसै भवनको २६ औँ तलामा रहेको छ र उनी त्यहीँ बस्दै आइरहेकी छिन् ।

यस भवनमा अन्य कयौँ बलीउड हस्तीहरुको अपार्टमेन्ट रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दीपिका पादुकोण बसेको बिल्डिङमा आगलागी"

Leave a comment