भेरी बबई डाइभर्सनकाे ४० प्रतिशत काम पुरा,बहुउद्देश्य आयोजनाको सुरुङ मार्ग यसरी बन्दैछ (फाेटाे फिचर)

सुर्खेत । सुर्खेतमा निर्माणधिन भेरी बबई डाइभर्सन बहुउद्देश्य आयोजनाको काम करिब ४० प्रतिशत सम्पन्न भएकाे छ । परियाेजना निर्माण सम्पन्न हुन  ताेकिएकाे समयसिमा ९ महिना मात्रै बाँकी रहदां अायाेजनाकाे काम पनि तिब्र गतिमा अगाडी बढेकाे छ ।

चाइना ओभरसियस इन्जिनियरिङ ग्रुपले भेरी बबई डाइभर्सन बहुउद्देश्य आयोजनाको काम गरि रहेकाे छ । ४८ मेघावाट विद्युत उत्पादन र बाँके बर्दियामा सिँचाइ गर्ने उद्देश्यले रु १० अर्व ५६ करोड बढीको लगानीमा अायाेजना अगाडी बढाइएकाे थियाे ।

२०७१ माघदेखि शुरु भएको आयोजना २०७५ फागुनसम्म सम्पन्न हुने लक्ष्यसहित काम भर्इरहेकाे परियाेजनाले जनाएकाे छ । राससका बालाराम खड्काले अायाेजना पुगेर खिचेकाे तस्वीर यहाँ प्रस्तुत गरिएकाे छ । रासस

 

 

 

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "भेरी बबई डाइभर्सनकाे ४० प्रतिशत काम पुरा,बहुउद्देश्य आयोजनाको सुरुङ मार्ग यसरी बन्दैछ (फाेटाे फिचर)"

Leave a comment