बाजेको सेकुवाको ६ वटै आउटलेटमा सुन अनुसन्धान समितिद्धारा शिलबन्दी

काठमाडाैं । गृहमन्त्रालय माताहतको सुन तस्करी अनुसन्धान समितिले काठमाडौंको गैरीधारा, अनामनगर, बत्तिसपुतली लगायत राजधाीमा रहेका बाजेको सेकुवाको ६ वटै कर्नरमा छापा मारेको छ ।

संगठित अपराध निरावरण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा छापा मारिएको समितिले जानकारी दिएको छ । साढे ३३ किलो तस्करीको सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्दे आएको समितिले बुधबार बाजेका सेकुवाको सबै पसलहरुमा छापा हानेको हो।

आर के ज्वेलर्समा सोमबार छापा हानेको अनुसन्धान समितिले बुधबार बाजेको सेकुवामा पनि रेड हानेको हो । केहीबेर अघि प्रहरी टोलिसहित समिति उक्त शाखामा छापा हान्न पुगेको थियो ।

अनुसन्धान समितिले ६ वटै आउटलेटमा शिलबन्दी समेत गरेको छ । बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारी सुन तस्करीको छानबिन सुरू भएदेखि नै फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बाजेको सेकुवाको ६ वटै आउटलेटमा सुन अनुसन्धान समितिद्धारा शिलबन्दी"

Leave a comment