‘संजु’ को ट्वाइलेट सिन विवादमा, सेन्सर बोर्डमा उजुरी

बलीउड अभिनेता रणवीर कपूर हालका दिनमा आफ्नो फिल्म ‘संजू’ को प्रमोशनमा व्यस्त रहेका छन् । फिल्मको रिलिज मिति नजिकिदै गर्दा फिल्म भने विवादमा घेरिएको छ ।

फिल्मको एउटा सिनमा विवाद उत्पन्न भएको छ । सामाजिक कार्यकर्ता पृथ्वी मास्केले फिल्मको केही सीनमा आपत्ति जनाउँदै भारतीय सेन्सर बोर्डमा उजुरी दर्ता गराएका छन् । उनका अनुसार फिल्ममा भारतीय जेललाई गलत ढंगले देखाउने प्रयास गरिएको छ ।

खासमा उक्त सीनमा सञ्जय दत्त जेलभित्रको ट्वाइलेट हुन्छन् । ट्वाइलेट ओभरफ्लो भएर उनी चिच्याउँछन् ।

फिल्म निर्माताहरुलाई पठाइएको उजुरीपत्रमा लेखिएको छ कि, ‘फिल्ममा देखाइएको एउटा सीनमा संजय दत्तलाई राखिएको छ र ब्यारेकको ट्वाइलेट ओभरफ्लो भइरहेको छ, यो गलत हो । सुचनाका अनुसार सरकार र जेल प्रशासनले जेलको हरेक ब्यारेकको हेरविचार गर्ने गर्दछ । हामीले यस प्रकारका घटना कहिल्यैँ पनि सुनेका छैनौँ । फिल्ममा देखाइएको उक्त सीनले जेल प्रशासनको गलत छवी देखाउने गर्दछ ।’

यति मात्र नभई उजुरीकर्ताले यो पनि भनेका छन् कि, यदि तपाईको तर्फबाट यस मामलामा कुनै पनि प्रकारको एक्सन लिइएन भने हामी अदालतको ढोका ढकढक्याउनेछौँ ।

‘संजू’ फिल्म संजय दत्तको जीवन कहानीमा आधारित रहेको छ । फिल्ममा संजयको भूमिका रणवीर कपूरले निभाइरहेका छन् । सञ्जय दत्तको जीवनका धेरै रहस्यहरुलाई यो फिल्मले उद्घाटित गरेको बताइएको छ ।

‘संजू’ मा रणवीरका अलावा मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपूर लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म जून २९ मा रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘संजु’ को ट्वाइलेट सिन विवादमा, सेन्सर बोर्डमा उजुरी"

Leave a comment