अरुण तेस्रोकाे कार्यलयमा बम बिस्फाेट

प्रतिकात्मक फाइल तस्विर

खाँदबारी । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिुङटारमा रहेको अरुण तेस्रोको कार्यालयमा बम बिस्फोट भएको छ । मंगलबार राति पौन एक बजे तीन वटा सकेट बम विस्फोट भएको संखुवासभा प्रहरीले जनाएको छ ।

कार्यालयको उत्तर पूर्वी गेट भन्दा करिब २ सय मिटरको आसपासमा बम बिस्फोट भएको हो । बिस्फोट बाट कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

विस्फोटको जिम्मा हाल सम्म कसैले लिएको छैन । विस्फोटपछि त्यस क्षेत्रको सुरक्षा कडा पारिएको छ । स्थानीय होटलहरुमा सर्च सुरु गरिएको र भोजपुर, संखुवासभाका बिभिन्न नाकामा प्रहरी परिचालन गरिएको संखुवासभाका प्रहरी प्रमुख डीएपी श्याम सारु मगरले जानकरी दिए ।

यस परियोजना क्षेत्रमा पटक पटक विस्फोट हुँदै आएको छ । यसअघि बैशाख १८ गते पनि विष्फोट भएको थियो । उक्त विष्फोटको जिम्मा नेत्र विक्रम चन्द विप्लव नेतृत्वका माओवादीले जिम्मा लिएको थियो ।।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अरुण तेस्रोकाे कार्यलयमा बम बिस्फाेट"

Leave a comment