पार्टी प्यालेस र क्याटरिङबाट प्रहरीले हप्ता असुली गर्छन ! गृहमन्त्री भन्छन् ‘कसैलार्इ छाड्दैनाैँ’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा र प्रहरीलाई सरकारले नछाड्ने बताएका छन् ।

प्राय अाफ्नाे हातमा प्रमाण पुगे पछि मात्र सार्वजनिक अभिव्यक्ति दिने गृहमन्त्री थापाकाे भनार्इबाट पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा प्रहरीले हप्ता असुली गर्ने गरेकाेतर्फ संकेत गर्छ ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको आज उद्घाटन गर्दै थापाले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन सक्ने बताए ।

“पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उद्योग हो, यसको विकास गरेर बेरोजगार युवालाई रोजगार दिनु जरुरी छ,” उनले भने । महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडि स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको जानकारी दिए ।

महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्या तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल हुनेछ । महाधिवेशनपछि नयाँ कार्यसमिति चुन्ने महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पार्टी प्यालेस र क्याटरिङबाट प्रहरीले हप्ता असुली गर्छन ! गृहमन्त्री भन्छन् ‘कसैलार्इ छाड्दैनाैँ’"

Leave a comment