वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन 

काठमाडौँ, जेठ ३० । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित उनको घरमा नै निधन भएको हो ।

कलाकार थापाले दर्जनौ फिल्म, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । उनी कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा पनि कार्यरत थिए ।

उनको बुधवार बिहान १० बजे पशुपति आर्यघाटमा दाहासंकार गरिँदैछ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा राखिने तयारी भइरहेको छ । उनको निधनप्रति चलचित्रकर्मी, कलाकार र शुभचिन्तकहरुले शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन "

Leave a comment