सबैभन्दा महंगो फीफा कपः ९९ वटा देशको जीडीपीभन्दा धेरै खर्च

फीफा वर्ल्डकप दुनियाँमा सबैभन्दा बढी हेरिने र सबैभन्दा महंगो स्पोर्ट्स इभेन्ट हो । रुसले यसको होस्टिङका लागि मात्र १४० हजार करोड रुपैयाँ खर्च गरेको छ ।

यो ८८ बर्षको वर्ल्डकपको इतिहासमा सबैभन्दा अधिक खर्च हो । यसको आधिकारीक वजेट २१,०२४ करोड रुपैयाँ रहेको छ । यो बजेट मुख्यत स्टेडिमका लागि मात्र रहेको थियो । तर रुसले यातायात, सुरक्षा, स्वास्थ्य लगायतमा कुल १४० हजार करोड रुपैयाँ खर्च गरिसकेको छ । जसमा वर्ल्डकपसँग सम्बन्धित पर्यटन तथा विज्ञापन खर्च जोड्दा उक्त आँकडा १ लाख ४३ हजार करोड रुपैयाँ २ लाख ३० हजार करोड रुपैयाँ बराबर हुने गर्दछ ।

उक्त रकम विश्वको २११ देशमध्ये ९९ वटा देशको जीडीपीभन्दा पनि बढी रहेको छ । टप ११२ देशको जीडीपी यो रकमभन्दा बढी रहेको छ । रुसलाई होस्टिङमा यति धेरै रकम खर्च गर्नपर्याे, किनकि उसँग अरु विकसित यूरोपेली देशको तुलनामा फुटबलसँग सम्बन्धित साधनहरु त्यति बलियो थिएन ।

रुसको अर्थतन्त्रमा १० बर्षमा ३.३५ लाख करोडको फाइदा
विश्वकपका कारण नै रुसको अर्थतन्त्रमा १० बर्षमा ३.३५ लाख करोडको फाइदा हुने बताइएको छ ।

मस्को टाइम्सका अनुसार रुसले वर्ल्डकपको आयोजनाका लागि खेल र पूर्वाधारका लागि १४० हजार करोड रुपैयाँ खर्च गरेको छ । यसको ३० प्रतिशत रकम खेलसँग सम्बन्धित निर्माण, ५० प्रतिशत यातायात, स्वास्थ्य, सुरक्षाका लागि र २० प्रतिशत होटल तथा हन्य सपोर्ट एक्टिभिटीका लागि खर्च भएको छ ।

सन् २०१३ देखि २०२३ को बीचमा रुसको अर्थतन्त्रमा ३.३५ लाख करोड रुपैयाँ फाइदा हुनेछ । विश्वकपको तयारीका क्रममा रुसमा २.२२ लाख रोजगार सिर्जना भएको छ । कयौँ आर्थिक विशेषज्ञका अनुसार विश्वकपमा लगानी गरेका कारण अप्रिलदेखि सेप्टेम्बर २०१८ कमे बीचमा रुसको अर्थतन्त्र ०.२ प्रतिशतले वृद्धि हुनेछ ।

वर्ल्डकपका क्रममा विभिन्न कम्पनीहरुले ४० हजार करोड रुपैयाँ विज्ञापनमा खर्च गर्दैछन् । सबैभन्दा अधिक ९,००८ करोडको विज्ञापन चीनमा देखाइनेछ । त्यसपछि अमेरिकामा ४,३२० करोड विज्ञापनका खर्च गरिदैछ ।

१५ लाख पर्यटक रुस जाने
वर्ल्डकपका क्रममा रुसको पर्यटनमा ४०० प्रतिशतको बढोत्तरी हुनेछ । रुसले आशा राखेको छ कि, वल्र्डकपका क्रममा करिब १५ लाख मानिसहरु रुस आउनेछन् । यसका अलावा देशका लाखौँ फुटबल प्रशंसक म्याच हेर्नका लागि कयौँ शहरको यात्रा गर्नेछन् । देश विदेशका फुटबल प्रशंसकले करिब ३२ हजार करोड रुपैयाँ खर्च गर्ने अनुमान गरिएको छ ।

एक घण्टामै बिके १.२० लाख टिकट
वर्ल्डकपका लागि शनिबार फीफाका अतिरिक्त १.२० लाख टिकट एक घण्टामा नै बिकेको थियो ।

हालसम्म २४ लाख टिकट फीफा वर्ल्डकपका लागि बिकेको छ । जसमा १५ लाख टिकट विदेशीहरुले किनेका छन् भने ६.७ लाख रुसी नागरिकले किनेका छन् । जसमा सबैभन्दा बढी ८८ हजार टिकट अमेरिकीहरुले, ७२ हजार ब्राजिलका फ्यानले किनेका छन् ।

आयोजकहरुले विदेशबाट आउने फुटबल प्रशंसकहरुले रुसमा वर्ल्डकपका क्रममा औसत १२ दिन बिताउने अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सबैभन्दा महंगो फीफा कपः ९९ वटा देशको जीडीपीभन्दा धेरै खर्च"

Leave a comment