डिप्रेशनबाट ग्रुजिरहेका कपिललाई सलमानको साथ, बचाउला त उनको करियर?

लामो समयदेखि विवादमा घेरिएका भारतीय कमेडियन कपिल शर्मा फेरी एकपटक चर्चामा आएका छन् । यसपटक भने उनको चर्चाको कारण टिभी शो मा फिर्ता वा कुनै पनि प्रकारको विवादभन्दा पनि फिल्ममा फेरी इन्ट्री रहेको छ ।

केही समयदेखि डिप्रेशनमा रहेका कपिल शर्मालाई सलमान खानको साथ मिलेको छ । उनी सलमानको फिल्म ‘शेर खान’ मा देखिने भएका छन् ।

खासमा सलमानका भाई सोहेल खानले केही वर्ष अगाडि एउटा शोका क्रममा कमेडियन कपिल शर्मालाई आफ्नो आउदो फिल्म ‘शेर खान’ मा लिने वाचा गरेका थिए । जतिबेला कपिल ‘कमेडी सर्कस’ मा देखिन्थे । यो शोका सोहेल जज थिए । सोहीबखत उनले कपिललाई नयाँ फिल्म ‘शेर खान’ मा लिने वाचा गरेका थिए ।

तर धेरै चर्चा गरिएको ‘शेर खान’ का बारेमा भने लामो समयदेखि कुनै पनि प्रकारको चर्चा भएको थिएन । सोहेल खानले यो प्रोजेक्क्ट नै बन्द गरिदिएको भन्ने मानिदै आएको थियो । तर एकपटक फेरी ‘शेर खान’ फिल्मको चर्चा भइरहेको छ ।

फिल्म ‘रेस ३’ कोे प्रमोशनमा रहेका सलमान खानले प्रमोशनका क्रममा नै आफ्नो फिल्मसँग सम्बन्धित कयौँ कुराहरुका बारेमा खुलासा गरेका छन् । यहीँ क्रममा उनले आफ्नो आउदो फिल्म ‘भारत’, ‘दबंग ३’, ‘किक २’ र रेमोको डान्सिङ फिल्मसँगै ‘शेर खान’ का बारेमा पनि कुरा गरेका थिए ।

सलमानले उक्त प्रोजेक्ट बन्द नभएको बताउदै कपिल शर्मा पनि फिल्ममा आफूसँगै देखिने कुराको खुलासा गरेका हुन् ।

लामो समयदेखि एक्टिङबाट टाढा रहेका कपिल शर्मा सलमानसँग फिल्ममा आउनु कपिलका लागि सपना सत्यमा बदलिनु सरह हो । अहिले कमेडीका बादशाहको करिअर चौपट हुँदै गएको छ । यसकारण उनी डिप्रेशनको शिकार भइरहेको भन्ने खबरहरु पनि आइरहेका छन् । अब उनलाई सलमानले सही किनारा दिन सक्ने अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सलमानको साथबाट कयौँ कलाकारहरुको करियर बनेकाले लोप हुनलागिसकेको कपिलको करियर पनि सलमानको साथले माथि उठ्ने अपेक्षा गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "डिप्रेशनबाट ग्रुजिरहेका कपिललाई सलमानको साथ, बचाउला त उनको करियर?"

Leave a comment