महिलाहरु ‘टपलेस’ भएर नुहाउन पाउने कि नपाउने? मतदानबाट गरियो निर्णय

स्विमिङ पुलमा महिलाहरुले ‘टपलेस’ भएर नुहाउन पाउने कि नपाउने भन्ने विषयलाई लिएर विवाद यति धेरै बढ्यो कि प्रशासनले त्यसको निर्णयका लागि मतदान गर्नुपरेको छ । र यो विवादमा टपलेस भएर नुहाउन पाउने पक्षमा उठेका महिलाहरुको जीत भएको छ ।

यो प्रसंग हो क्याटलोनियास्थित बार्सिलोना नजिकैको एउटा गाउँको । लामेतिया डिल व्यालियास गाउँमा भएको उक्त मतदानमा टपलेस भएर नुहाउन पाउनुपर्छ भन्ने पक्षमा ६१ प्रतिशत र विपक्षमा ३९ प्रतिशत मानिसहरुले मतदान गरेको नतिजा आएको बीबीसीले उल्लेख गरेको छ ।

महिलाहरुले दिए भोटिङको दबाव
स्थानीय क्याटलोन प्रशासनले यस मतदानको आयोजना गरेको थियो । यसको नतिजा कानुनी रुपमा १६ वर्षभन्दा बढी उमेरका महिलाहरुमा लागू हुनेछ ।

खासमा केही दिन पहिले गर्मीको बेला जब दुई महिला एउटा स्विमिङ पुलमा टपलेस भएर नुहाइरहेका थिए । तब त्यहाँ रहेका एक लाइफ गार्डले उनीहरुका विरुद्ध प्रहरीमा उजुरी दिए । प्रहरी त्यहाँ पुगे र उनीहरुले ती दुई महिलाहरुलाई तुरुन्तै बिकिनी टप लगाउनका लागि आदेश दिए ।

यो घटनापछि प्रहरी र प्रशासनविरुद्ध टपलेस हुन पाउनुपर्छ भन्ने महिलाहरुले विरोध प्रदर्शन गरे । अर्कातिर टपलेस हुनु हुँदैन भन्दै ती महिलाहरुको विरुद्धमा गाउँका पुरुष र महिलाहरुको एउटा समूह बिकिनी टप लगाएर स्विमिङ पुलमा पुगे । त्यही बेलाबाट मानिसहरुले प्रशासनमा यसको निर्णयका लागि जनमत संग्रह गर्नुपर्नेमा दबाब दिएका थिए ।

यो गाउँ बार्सिलोनाबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पर्दछ । यो गाउँमा करिब आठ हजार जनसंख्या रहेको छ । बीबीसी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "महिलाहरु ‘टपलेस’ भएर नुहाउन पाउने कि नपाउने? मतदानबाट गरियो निर्णय"

Leave a comment