बहुप्रतिक्षित शिखर वार्तामा ट्रम्प-किमले के भने ?

एजेन्सी । बहुप्रतिक्षित ट्रम्प-किम शिखर वार्ता सुरू हुनु अघिकाे संक्षिप्त पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले हामी ठूलाे छलफल गर्न लागेकेा र यसमा अत्यन्तै सफल हुने बताए ।

ट्रम्प पछि पत्रकारलार्इ काेरियाली भाषामै संक्षिप्त बाेलेका उत्तर काेरियाली  सर्वाेच्च नेता किमले भने ‘हामी यहाँ पुग्न सजिलो थिएन … त्यहाँ बाधाहरू थिए तर हामी तिनीहरूलाई चिर्दै यहाँ अाइपुग्याैं।’

यस अघि कापेला होटलमा ट्रम्प र किमले एकअर्कासँग हात मिलाएका थिए।  आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप पनि मारे।

त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बहुप्रतिक्षित शिखर वार्तामा ट्रम्प-किमले के भने ?"

Leave a comment