झ्याल नभएको हवाईजहाजमा उड्ने हो त?

के तपार्इ झ्याल नभएको हवाईजहाजमा चढेर महासागरमाथिको आकाशमा ८ देखि ९ घण्टाको यात्रा गर्ने कुराको कल्पना गर्नुसक्नुहुन्छ ?

जसलाई बन्द माहौललाई लिएर समस्या तथा उल्झन हुने गर्दछ, उनीहरुका लागि त यो यात्राको कल्पना कुनै पनि हालतमा ठीक हुदैन ।

तर दुबईको इमिरेट्स एइरलाइन्सका मालिकले यसको योजना बनाइसकेका छन् । दुबईको इमिरेट्स एयरलाइन्सका प्रमुख सर टिम क्लार्कका अनुसार आउँदा वर्षहरुमा बिना झ्यालवाला विमानको कुरा यथार्थमा परिणत हुनेवाला छ ।

खासमा बुधबार यसको एउटा एयरलाइन्सको प्रथम श्रेणीको क्याबिन सेक्सनमा यस्तै देखियो । जहाजमा क्याबिनमा एउटा पनि झ्याल थिएन ।

झ्याल नहुदाँ फाइबर अप्टिक्समार्फत जडिन क्यामराको एक सिस्टमका माध्यमबाट यात्रुहरुलाई बिमानबाट बाहिरका दृश्यहरु देखाइनेछ ।

क्लार्कका अनुसार यात्रीहरुले जे हेर्न चाहन्छन्, उनीहरुलाई त्यो सबै देखाइनेछ ।

यस्तो इमिरेट्स एयरलाइन्सको बोइंग ७७७–३०० ईआर जहाजको पहिलो श्रेणीको क्याबिनमा पहिले नै सुरु गरिसकिएको छ र अब छिट्टै नै पूरै प्लेनमा यसलाई लागू गरिनेछ ।

खासमा विमानमा वास्तविक झ्यालको सट्टा भर्चुअल झ्यालहरु लगाइनेछ ।

क्लार्ककले बीबीसीलाई भने, तपाई कल्पना गर्नुहोस् कि, जुन विमानमा तपाई सावार भइरहनुभएको छ । त्यसमा बाहिरबाट कुनै झ्याल नै छैन । तर जब तपाई विमान भित्र जानुहुन्छ तब विमानमा झ्याल नहुनाले विमानको संरचना बलियो भएको महसुस गर्नुहुनेछ । साथै विमानको तौलमा समेत कमी आउनेछ र तीव्र गतिमा उडान भर्न मद्दत मिल्नुका साथै इन्धन समेत कम खपत हुनेछ ।

जहाज विशेषज्ञ जोन स्ट्रीकल्याण्डका अनुसार झ्याल नहुँदा विमानमा मनलाग्दी डिजाइन परिवर्तनको सम्भावना पनि बढ्दछ । हरेक कुरामा बचत हुन्छ । विमानको तौल कम हुनका साथै इन्धन पनि कम खर्च हुनेछ ।

यद्यपी स्ट्रीकल्याण्डका अनुसार यात्रुको रुपमा जहाजमा झ्याल हुनु र प्लेनबाट बाहिर हेर्न रुचाउने गर्दछन् । उनीहरु यसमा कुनै पनि प्रकारको सम्झौता गर्न चाहँदैनन् । किनकि कृत्रिम झ्याल कहिल्यैपनि वास्तविक झ्यालको विकल्प बन्न नसक्ने उनको भनाइ छ ।

बिना झ्यालवाला विमानको प्रस्तावमा असहमतिहरु पनि आउन सक्छन् ।

इंगल्याण्डको केनफील्ड यूनिभर्सिटीमा विमान सुरक्षाका जानकार प्रोफेसर ग्राहम बेथबेटका अनुसार आपतकालीन अवस्थामा विमान चालक दलहरु बाहिर देख्नमा सक्षम हुनुपर्दछ । उसले विमान बाहिरको अवस्थाका बारेमा जानकारी लिन जरुरी रहेको हुन्छ । यस्तोमा झ्याल नहुदाँ झनै जटिलता बढ्न सक्छ । बीबीसी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "झ्याल नभएको हवाईजहाजमा उड्ने हो त?"

Leave a comment