‘दबंग ३’ को सुटिङभन्दा पहिले नै लीक भयो पूरै कहानी, सलमानले अहिलेसम्मको सबैभन्दा खतरनाक भुमिका निभाउदै

८ बर्ष पहिले सलमान खानले बलीउडमा एउटा यस्तो भुमिका निभाएका थिए, जसको चर्चा आज पनि मानिसहरुको मुखमा रहेको छ । उक्त भुमिकाले न केबल सलमानलाई दबंग बनायो बरु बलीउड फिल्म इंडस्ट्ीलाई उसको चुलबुल पांडे पनि मिलेको थियो ।

यस फिल्मको दुई सीरीज रिलिज भइसक्यो र अब छिट्टै नै फिल्मको तेस्रो पार्ट सुरु हुदैछ । यद्यपी फिल्म रिलिजभन्दा पहिले नै फिल्म निर्माताहरुलाई ठूलो झट्का लागेको छ । ‘दबंग ३’ को सुटिङ हुनुभन्दा पहिले नै फिल्मको पूरै कहानी लीक भएको छ ।

फिल्म ‘दबंग’ सन् २०१० मा रिलिज भएको थियो । जसमा सलमान खानले चुलबुल पांडे नामक पुलिसको भुमिका निभाएका थिए । जुन भुमिका मानिसहरुलाई खुबै मन परेको थियो । खबरका अनुसार तेस्रो पार्टमा सलमान रियल लाइफ पुलिसको भुमिका निभाउने भएका छन् ।

ती पुलिसको नाम के हो भन्ने बारेमा खुलासा भएको छैन तर उनको पोस्टिङ नोएडामा भएको बताइएको छ । उनले कयौँ ठूला नेताहरुलाई सीधा गरिसकेका छन् । यहाँसम्म कि ती पुलिसको बहादुरीको चर्चा तीव्र भइरहेको छ ।

सलमान खानलाई उनको कहानी सुन्ने बित्तिकै मन परेकाले हुन्छ भनिदिएको बताइएको छ । ‘दबंग ३’ मा सलमान खानका अलावा सोनाक्षी सिन्हा मुख्य भुमिकामा देखिदैछिन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘दबंग ३’ को सुटिङभन्दा पहिले नै लीक भयो पूरै कहानी, सलमानले अहिलेसम्मको सबैभन्दा खतरनाक भुमिका निभाउदै"

Leave a comment