भारत लैजादै गरेका १८ जना बालबालिकाको उद्धार

भानुभक्त अाचार्य । धनगढी । कञ्चनपुरको गड्डाचौकी बाट काम गर्ने बाहनामा भारत लैजादै गरेका १८ जना बालबालिकाहरुलाई प्रहरीले उद्धार गरेको छ।

अछामको ढकारी गाउपालिका वार्ड नम्बर ७ बाट काम गर्ने बाहनामा भारत लैजादै गरेका १२ जना बालक र ६ जना बालिका लाई भारतीय सिमा सुरक्षा वल एसएसबिको सहयोगमा उद्धार गरिएको हो ।

उनीहरुदाई भारत लैजादै गरेका अछाम ढकारीका ५३ बर्षिय राम बहादुर बुढा र ५८ बर्षिय रतन विकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेठीले बताए ।

उनीहरुलाई काम दिलाइदिने बहानामा ललाइ फकाइ भारत जैजादै गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय मानब तस्करहरुले बालबालिका तथा महिलाहरुलाई पश्चिमी नाका गड्डाचौकीबाट भारत हुदै तेस्रो मुलुक पु¥याइने गरेको प्रहरीको दाबि छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "भारत लैजादै गरेका १८ जना बालबालिकाको उद्धार"

Leave a comment