यि व्यक्तिले एउटै रुखमा फलाए ५१ जातका आँप, अपनाए यस्तो प्रविधि

भारतमा एकजना इन्जिनियरले पत्याउनै मुस्किल एउटा चमत्कारी काम गरेर देखाएका छन् । १० बषदेखि सिभिल इन्जिनियरिङको काम गरिरहेका यि व्यक्ति खेतीको दर्दनाक अवस्था देखेर किसान बनेका छन् । उनी आफ्नो गाउँको अवस्था सुधार्ने भन्दै खेती किसानीमा लागेका हुन् । उनले खेतीमा एउटा यस्तो तरिका अपनाए कि एउटै बोटमा ५१ जातका आँप फलाएका छन् ।

एकातर्फ जहाँ खराब फसलका कारण ऋण चुकाउन असफल भएकोमा भारतका किसानहरुले दिनप्रतिदिन आत्महत्या गरिरहेका खबरहरु आइरहेका छन् भने अर्कातर्फ महाराष्ट्को विदर्भका रवि मारशेटवारले खेतीमा चमत्कार गरिरहेका छन् । रवि मारशेटवारको यो उपलब्धि अहिले भारतभर नै चर्चाको विषय बनिरहेको छ ।

उनी ५० बर्ष पुरानो एउटै बोटमा ५१ जातका आँप फलाउन सफल भएका छन् । खासमा रविले ग्राफटिङ अर्थात् कलमी प्रविधिको प्रयोग गरी उक्त चमत्कार गरेका हुन् । उनलाई यो सफलता रातारात मिलेको भने होइन । यसका लागि उनले १३ सय ५० पटक अनुसन्धान गरेका थिए ।

सन् २००१ मा गाउँ फर्किएपछि उनले खेतिपातीको विधि सिक्न ५ सय भन्दा धेरै ठाउँको भ्रमण गरे । यहीँ क्रममा उनको भेट एकजना विशेष व्यक्तिसँग भएको थियो ।

एग्रो टिप्सका क्रममा रविको भेट महाराष्ट्रका किसान देवरीकरसँग भयो । देवरीकरले ग्राफ्टिङ प्रविधिको प्रयोग गरी एउटै बोटमा १५ जातका फरक प्रकारका आँप फलाएका थिए । उनैबाट रविले यो प्रविधि सिके । ग्राफटिङ प्रविधि सिकेपछि उनले दुर्लभ र लोप हुन लागिसकेका आँपका विभिन्न जातहरु जम्मा गरे र बर्षाैको मिहेनतपछि उनले एउटै रुखमा ५१ जातका आँप फलाउनमा सफलता पाए ।

रविको यस चमत्कारी रुखले न केबल उनलाई नाम र दाम दिलायो, बरु उनको एउटा अर्काे इच्छा पनि पुरा गरेको छ । उनका अनुसार यस प्रविधिका माध्यमबाट उनी आँपका लोप भइरहेका विभिन्न प्रजातिहरुलाई बचाउन चाहिरहेका थिए ।

उनी अहिले जुलाई देखि सेप्टेम्बरसम्म किसानहरुलाई ग्राफटिङ विधि सम्बन्धमा प्रशिक्षण प्रदान गर्ने गर्दछन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यि व्यक्तिले एउटै रुखमा फलाए ५१ जातका आँप, अपनाए यस्तो प्रविधि"

Leave a comment